
विराटनगर, ५ वैशाख । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन् ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि बिहीबार राति भएको निर्वाचनमा गिरी अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गिरीले १७३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत पाए ।
यसैगरी, महानगर कमिटीको उपाध्यक्षमा सुरज न्यौपाने निर्वाचित भएका छन् । उनले उपाध्यक्षका अर्का प्रत्यासी राम पोखरेललाई ९ मतान्तरले पराजित गरे । न्यौपानेले १४५ मत ल्याउँदा पोखरेलले १३६ मत प्राप्त गरे ।
सचिवमा विज्ञान चापागाईं १८३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नवराज काफ्लेले १०४ मत प्राप्त गरे । उपसचिव खुल्लामा हमिद आजाद र उपसचिव महिलामा हिमा मैनाली पोखरेल निर्वाचित भइन् ।









प्रतिक्रिया