८ असार २०८३, सोमबार

बालेनले खोल्ने नयाँ पार्टीमा जाँदै सुमना ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएपछि उनले पार्टी परित्याग गर्न लागेको चर्चा चुलिएको छ । उनले सहमहामन्त्रीबाट राजीनामा दिएको पत्र आज सार्वजनिक गरिएको हो ।

यसैबीच सुमनाले बालेनसँग मिल्न जाने चर्चालाई थप बल पुग्नेगरी आफ्नो वक्तव्य दिएकी छिन् । उनले वर्तमान राजनीतिसँग असन्तुष्टि बोकेका र नयाँ सोच भएकाहरु एक ठाउँमा आउनैपर्नेमा जोड दिइन् ।

यस्तो छ उनको भनाइ-

एकदम क्लीयरली भन्नुपर्दा पहिलो फेजको आन्दोलन (रवि पक्राउविरुद्ध) मा हाम्रो (पार्टीभित्र) दुईवटा टिम बनेको थियो । एउटा टिमले यो पुरानो राजनीतिक संस्कारले देश बिग्रियो भन्ने सबैजना एक ठाउँमा आउनुपर्छ भनेर त्यतिबेलै स्थापित गरेका हौं । रविजी स्वयम्ले ‘गो‘ ह्याभ डिस्कसन’ भन्नुभएको हो । मैले बालेनजीलाई भेटेको बसन्तुपुरको स्टेजमा हो । त्योभन्दा पछि भटेको छैन । कुन तरिकाले न्यूजहरु बनाइएको छ भने डिफेन्सीभ पोजिसनमा राखेपछि जे पनि सोध्न सकिन्छ भन्ने हिसाबले आएको छ । यो तरिकाले राजनीतिलाई अगाडि लैजान सक्दैनौं । बैकल्पिक राजनीतिको जुन यात्रा छ, जुन उद्देश्यले म राजनीतिमा लागेँ, बैचारिक स्पष्टताका साथ अगाडि बढ्नुपर्छ । हामी जति जनालाई यो चित्त बुझेको छैन, पात्र मात्र होइन, राजनीतिक संस्कार चित्त नबझुको सबै एक ठाउँमा आउनैपर्छ । मैले केन्द्रीय समितिमा पनि भनेको छु । नत्र ‘वान बाइ वान’ एक एक जनालाई दुख दिन्छन् । नयाँ राजनीतिक फोर्स आएर जसलाई घाटा छ, उनीहरुले वान आफट्र अनादर अट्याक गर्छन् । इन्डिभिजुअल लड्ने कि यो तरिका भएन भनेर सामूहिकतामा जान्छौं ? पार्टीबाट निर्णय गरेर जति पनि संस्कारसँग चित्त नबुझेको मान्छेसँग सम्वाद गरौं भनेको हो । ०८४ मा म चुनाव उठ्छु कि उठ्दिन, कहाँबाट उठ्छु सोचेको छैन । म के कुरामा कन्भिन्स्ड छु भने पुरानो संस्कार भएन भन्ने सबै साथीहरु एक ठाउँमा आउनुपर्छ, फोरम र एलाइन्स बनाउनुपर्छ । विकृतिको विरुद्धमा लड्नुपर्छ भन्नेमा दुईमत छैन ।