२९ असार २०८३, सोमबार

सरकारमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकले गठबन्धन र सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले कुनै समस्या नरहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको स्पष्ट पारे । ‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं,’ उनले भने ।

उनले बाहिर आएको जस्तो गठबन्धनमा तित्तता आएको, सरकार ढल्ने लगायतका हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।