
रौतहट, ३१ चैत । पर्सा प्रशासनले वीरगन्जमा लगाइएको कर्फ्यू अवधि थप गरेको छ ।
स्थानीय प्रशासनले एक सूचना जारी गरी आइतवार राती १२ बजे सम्मकालागि कर्फ्यू अवधि थप गरेको उल्लेख गरेको हो । जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यू मध्यरातसम्म कायम राख्न्ने निर्णय गरे अनुसार अवधि थप गरेको प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिए ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यू नहटाउने निर्णय गरेको उनको भनाइ छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यू आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रिबजार बन्द रहने जनाएको हो ।
कफ्र्यूका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबीच झडप भएको थियो ।








प्रतिक्रिया