
काठमाडौं, ३१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई सकिएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
उक्त आदेशविरूद्व लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।









प्रतिक्रिया