५ श्रावण २०८३, मंगलबार

साहित्यले राष्ट्रियता र देश विकासमा सहयोग पुर्‍याइरहेको छ : भानुभक्त ढकाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय समिति संयोजक तथा पूर्वमन्त्री भानुभक्त ढकालले कविता, गजलमा भनेका विषयहरुले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र मुलुकको उज्वल बनाउन योगदान पुर्‍याउने गरेको बताएका छन् ।

एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ को ग्रान्डफिनालेमा सम्बोधन गर्दै ढकालले नीति निर्माण र मुलुकको नेतृत्व गर्ने नेताहरुमा भएका कमजोरीलाई हटाएर सतबुद्धिमा आउनको निम्ती पनि रचनात्मक सोचले सहयोग पुग्ने बताएका हुन् ।

उनले भने, ‘जब मान्छेहरु जिम्मेवारी बोधका साथ काममा लाग्छन्, आलोचनाभन्दा पनि जिम्मेवारीले व्यक्तिहरुलाई थिच्दै जान्छ । कविता, गजलमा व्यक्त विषयहरुले देशनिर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको भविष्य उज्जल बनाउने कुराका निम्ति योगदान पुगोस् । सबैले गरेका आलोचनाहरुले नीति निर्माण गर्ने र मुलुकको नेतृत्व गर्ने नेताहरुलाई पनि कमीहरु छन् भने ति कमीहरुलाई हटाएर सतबुद्धिमा आउनका निम्ति पनि रचनात्मक सोचले सहयोग पुग्नेछ । साहित्य भन्ने कुरा यति राम्रो र मिठो छ की दुई हार मात्र भयो भने पनि बोल्नुपर्ने र भन्नुपर्ने धेरै कुराहरु त्यसमा समेटिएको हुन्छ ।’

साथै उनले मुलुकको सामाजिक अराजकता र सामाजिक विश्रृङखलता राजनीतिमा गाली खेतीमात्र हुन्छ भन्ने कुरालाई न्यूनीकरण गर्ने कुराका निम्ती पनि युवा साहित्य महोत्सवले सकारात्मक योगदान पुर्याउने बताए ।

यसैगरी राष्ट्रिय युवा सङ्घ शिक्षा विभाग प्रमुख एवं युवा साहित्य सम्मेलनका संयोजक कुबेर अधिकारीले विदेशमा भएका युवाहरुलाई नेपालमा फर्काउन सकौं भन्ने भाव सिर्जना गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।