१६ असार २०८३, मंगलबार

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

आज लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेकी हुन् ।

गत चैत २२ गते जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।