४ श्रावण २०८३, सोमबार

दुर्गा प्रसाईँ पक्राउ परेका छन्, पक्राउ पर्ने क्रम निरन्तर अघि जान सक्छ : गृहमन्त्री

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । गृहमन्त्री रमेश लेखककले राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाई पक्राउ परेका र थप अन्य पनि पक्राउ पर्न सक्ने बताएका छन् ।

आज कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा उनले पक्राउ पर्ने क्रम निरन्तर जान सक्ने बताएका हुन् ।

‘दुर्गा प्रसाईंजी पक्राउ पर्नु भएको छ, अनुसन्धान जारी छ,’ गृहमन्त्री लेखकले भने, ‘पक्राउ पर्ने क्रम पनि निरन्तर अघि जान सक्छ, को-को मानिसको भूमिका देखिन्छ, त्यसअनुसार पक्राउ पर्ने अनुसन्धान हुने र कानुनी कारबाही हुँदै जान्छ।’