९ श्रावण २०८३, शनिबार

कपिलवस्तुका तीन स्थानीय तहमा २ हजार थान लालपुर्जा वितरण

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २९ चैत । नापी कार्यालय कपिलवस्तुले बाणगङ्गा, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा गरी एकैदिनमा करिब दुई हजार थान जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा विभिन्न वडाहरूमा २०२६ सालदेखि स्थगित गरिएका गाउँब्लक जग्गाको नापजाँच र नक्सा तयारी पश्चात् बिहीबार लालपुर्जा वितरण गरिएको हो ।

बिहीबार बिहान बाणगङ्गाको वडा नम्बर १० पटना मोतिपुरमा लालपुर्जा वितरण गरिएको थियो । दिउँसो २ बजे बुद्धभूमि नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्री अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, गुठी संस्थानका सञ्चालक समिति सदस्य टेकराज पौडेल, भूमि आयोगका जिल्ला सदस्य मन्जु चौधरी र विभिन्न वडाका अध्यक्षहरू पनि सहभागी थिए । बुद्धभूमि वडा नं. ५ र ६ मा ८३८ थान लालपुर्जा वितरण गरिएको थियो ।

यसैगरी, विजयनगर गाउँपालिकामा नापी कार्यालय कपिलवस्तुको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा बिहीबार साँझ ६३० थान लालपुर्जा लालपुर्जा वितरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले लालपुर्जा वितरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब ७ सय जना किसानहरुको उपस्थिति रहेको थियो ।

Skip This