
काठमाडौं, २८ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको पोखरा घारीपाटनस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर (कुर्सी) सहयोग प्रदान गरेको छ ।
अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सानै भएपनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।








प्रतिक्रिया