
काठमाडौं, २८ चैत । नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपककुमार अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ ।
कम्पनीका अनुसार यस्तो छ एक्सचेन्ज अफरहरूः
कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न सकिने
कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५०,००० रुपैयाँको मिनिमम भ्यालुएसन
अन्य कुनै पनि ब्रान्डमा २५,००० रुपैयाँ न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य)
एक्सचेन्जमा अतिरिक्त रु। १०,००० रुपैयाँ मूल्याङ्कन बोनस
कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७।९९५ को फाइनान्सिंग
यामाहा थ्रिल अफ थ्री योजनाको साथ १,००,००० रुपैयाँसम्म नगद छुट
-थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १,००० रुपैयाँ जित्न सकिने
-विज्ञापनको स्क्रिनसट देखाई ५०,००० रुपैयाँसम्म नगद छुट जित्न सकिने
-यामाहा खरिद गरी १,००,००० रुपैयाँसम्म नगद छुट जित्न सकिने
बाइक बाहेकका आकर्षणहरूः
डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाइने
कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्न सकिने र रोमाञ्चक उपहारहरू घर जित्न सकिने
गेमिङ जोन-एक्शन-प्याक फन र प्रतियोगिताहरू
फेस पेन्टिंग
महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिन सकिने
फ्री एक्सेसरिज
यस्तै, प्रदर्शनमा बढी माइलेज दिने स्कुटर रे जेडआर १२५एफआई हाइब्रिड प्रमुख आकर्षण रहने कम्पनीले जनाएको छ । आर१५ भी४, एमटी-१५ भी२, एरोक्स १५५ भी३ सिरिज, डब्ल्यूआर १५५आर जस्ता मोडलहरु राखिएका छन् ।















प्रतिक्रिया