१२ असार २०८३, शुक्रबार

आर्थिक विषयलाई अनिवार्य ऐजेण्डा बनाउन ईञ्चार्ज बोगटीको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २७ चैत । नेकपा (एमाले) का कर्णाली प्रदेशका ईन्चार्ज गोरख बहादुर बोगटीले पार्टीका हरेक बैठकमा आर्थिक ऐजेण्डाका रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश कमिटीको पॅाचौ पूर्ण बैठकलाई निर्देशनात्मक मन्तव्य दिदैं ईन्चार्ज बोगटीले पार्टी कमिटीमा आर्थिक शुसाशन कायम गर्न आर्थिक विषयलाई अनिवार्य ऐजेण्डाका रुपमा अघि बढाउन निर्देशन दिएका हुन् ।

पार्टीले सन्चालन गरेको वडा केन्द्रीत जरा अभियानले सदस्यता अध्यावधीक गर्ने, नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, पार्टी प्रवेश गराउने, अन्तरविरोध हल गर्ने रहेको बताएका नेता बोगटीले तीन महिने अभियान सन्चालन गर्नेमा कर्णाली अन्य प्रदेश भन्दा अग्रपंतिमा रहेको बताए ।

बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कॅडेलले प्रदेश समृद्दीका विषयमा पार्टी र सार्वजनिक रुपमा बहस चलाउन निर्देशन दिएका छन् । आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गरेको एक वर्ष पुग्न लागेको अवस्थामा कर्णाली, भेरी र राप्ती कोरिडोरलाई बहुवर्षिय योजनाका रुपमा अघि बढाएको उल्लेख गर्दै नागरिकमा उत्साह थपेको उनको भनाइ छ ।

कर्णाली समृद्व बनाउने कुरामा पार्टीका सबै नेता र कार्यकर्ताको तर्फबाट सरकारलाई सुझाव दिन आग्रह गर्दै स्थायी कमिटि सदस्य कॅडेलले यो वर्षबाट प्रदेश सरकारले योजना खरिद गर्ने प्रचलनलाई विधिवत् रुपमा शुरु गरेको बताए । प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य लक्ष्मी पोखरेल, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्यको उपस्थित रहेको प्रदेश कमिटी सचिव धुर्व शाहीले जानकारी दिए ।