
काठमाडौं, २७ चैत । चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ भिडिओ सन्देश जारी गरेका छन् ।
उनले आफ्नो ज्यानको सुरक्षा ग्यारेन्टी भए २४ घण्टाभित्र सार्वजनिक हुने बताएका हुन् ।
उनले भनेका छन्, मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।
साढे आठ मिनेट लामो भिडिओमा उनले आफू नेपालमै रहेको दावी गरेका छन् । आफू भागेको नभइ जोगिएका उनको भनाइ छ ।
यस्तै उनले प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई पाँच/पाँच लाख दिने घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु,’ ।








प्रतिक्रिया