१४ कार्तिक २०८३, शनिबार

बारको अध्यक्षमा प्रा.डा. मिश्रले बनाए दोब्बर मतको अग्रता

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता बनाएका छन् ।

नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. मिश्रले ३ हजार ९६४ र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ६७७ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गरेका छन् । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो ।

सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएको थियो । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । मतगणना जारी छ ।