२६ असार २०८३, शुक्रबार

तीन कुने घटना : एनी कुँवरले प्रहरीमा दिइन् यस्तो बयान

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकी पूर्वपत्रकार एनी कुँवरले प्रहरीलाई इन्कारी बयान दिएकी छन् ।

पत्रकार सुरेश रजकको हत्या र घरमा आगलागीमा संलग्न रहेकी आशंका गरिएकोमा उनले इन्कारी बयान दिएकी हुन् । आगो लाग्नुअघि पत्रकार रजक मृत भेटिएको घरबाट उनी निस्किँदै गरेको भिडिओ सार्वजनिक भएको थियो । उनले आफू समाचार संकलनका लागि घरमा छिरेको दावी गरेकी छिन् । यस्तै उनले प्रहरीलाई आफू घरभित्र छिर्नुअघि नै भिडले आगो लगाइसकेको बयान दिएकी हुन् ।

उनले पत्रकार रजक मृत भेटिएको कोठामा आफू जानुअघि नै ताल लगाइएको दावी गरिन् । एनीले भनिन्, ‘सुरेश रजकले भिडिओ बनाइरहेको घरको ढोकाभित्र पहिल्यै ताला लगाइएको थियो । त्यहाँ सुरेश छन् भन्ने मलाई जानकारी पनि थिएन र उनलाई देखेको पनि थिएनँ ।’

यस्तै उनले आफूसँगै घरबाट निस्कन नकावधारीलाई नचिन्ने स्पष्ट पारिन् । उनले भनिन्, ‘म घरको तल झर्दै गर्दाको भिडिओ खिच्ने मान्छेले हेलमेट लगाएको थियो, नीलोमा रेड कलरको लाइन भएको आईडी कार्ड लगाएको थियो, अग्लो अग्लो मान्छे, जिन्सको पाइन्ट र क्रिम कलरको भेस्ट लगाएको थियो । सुरुमा उक्त भिडिओ फेसबुकमा रकस्टार राजन खड्गी भन्ने मान्छेले हालेको हो । मैले राजन खड्कीसँग कुरा गर्दा मैले उक्त भिडिओ भोजराज थापासँग लिएको हो भन्यो । भोजराज थापाले सबै मिडियालाई भिडिओ पठाएको हो र उक्त भिडिओ भोजराज थापाकै कुनै सहकर्मीले खिचेको हो ।’