२ श्रावण २०८३, शनिबार

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

आज आयोगको कार्यालयमा पुगेर कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरुले लामिछानेमाथि प्रहरीले ज्यादती गरेको बताएका हुन् ।

उनीहरूले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्रमा रविलाई पक्राउ गर्दा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न भनिएको छ।