१ असार २०८३, सोमबार

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । संघीय संसदअन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।