१५ असार २०८३, सोमबार

सुनसरीबाट अपहरणमा परेकी बालिकाको सकुशल उद्दार, मुख्य अभियुक्त पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २२ चैत । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलका कुशेश्वर सदाको ४ वर्षीया छोरीको अपरहण भएको घटनाको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन् ।

चैत २० गते दिउँसो पौने २ बजे ४ वर्षीया छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सीटि सफारीमा चढाई अपहरण गरी लगेको भनि जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट तत्काल प्रहरी टोली परिचालन गरी खोज तलासको क्रममा चैत २१ गते कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट बालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।