१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् । गत चैत १९ गते सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् ।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको निमन्त्रणामा गत चैत १९ गते बैंकक गएका प्रधानमन्त्री ओलीले यस भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध रहे पनि नेपालको तर्फबाट सरकार प्रमुखको यो पहिलो औपचारिक भ्रमण हो । यस क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको उपस्थितिमा ८ बुँदे समझदारी भएको थियो ।

प्रधानमन्त्री ओली चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।