७ श्रावण २०८३, बिहिबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नेपाली बजारमा आज सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।