३२ असार २०८३, बिहिबार

जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २१ चैत । तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।

गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘सडक सञ्चालन भएसँगै तातोपानी गाउँपालिका–७ र ८ का बासिन्दाहरूले लामो बाटो हिँड्नुपर्ने कष्टबाट मुक्ति पाएका छन् ।’ यसअघि यी वडाका बासिन्दाले तिला गाउँपालिका हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो । सडक निर्माणलाई पालिकाले विशेष प्राथमिकतामा राखेर काम गरेको छ । विकट क्षेत्रलाई पालिकाको केन्द्रसँग जोड्ने योजना सफल भएको गाउँपालिका अध्यक्ष चौलागाईंले जानकारी दिए ।

सडकलाई कालोपत्र गर्न बजेट अभाव रहेकाले हाललाई ग्रोभेलसम्म गर्ने योजना रहेको उनले सुनाए ।