
हेटौंडा, २० चैत । बागमती सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार राति १२ बजे सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभा बैठक प्रभावित भएको थियो । मंगलबार बोलाइएको सर्वदलीय बैठकमा सहमति नभएपछि बैठक बस्न सकेको थिएन ।
प्रदेश सभाको हिउँदे अधिवेशन गत माघ १५ गते सुरु भएको थियो ।








प्रतिक्रिया