९ श्रावण २०८३, शनिबार

रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० चैत । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङजाबाट दुई जना शिकारी पक्राउ परेका छन् ।

जिल्लाको पुतलीबजार नगरपलिका वडा नं. ११ माझी डाँडा जङ्गलमा मंगलबार मध्यराति रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी पक्राउ परेका हुन् ।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं. ११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको र मृत रतुवा मृग बारे थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ ।

Skip This