१५ असार २०८३, सोमबार

कडा प्रतिस्पर्धाबीच त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा जोशी निर्वाचित

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी भएका छन् ।

कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरे । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत पाए ।

सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन् ।