
काठमाडौं, १८ चैत । रवि लामिछाने आजबाट पार्टीको सभापतिको जिम्मेवारीमा पुनः फर्किएका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सभापति पदबाट अलग भएका लामिछानेले पुनः जिम्मेवारी सम्हालेका हुन् । पार्टी कार्यालयमा पुगेका लामिछाने सत्तारूढ दलहरूप्रति आक्रोशित देखिए ।
उनले अझै मुद्दा लगाउन बाँकी भए लगाउन चुनौती दिए । उनले भने, ‘कति मुद्दा लगाउनुछ लगाऊ। शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु।’
उनले आफू राजनीतिमा नआएको भए कुनै मुद्दा मामिलाको दुस्ख नहुने पनि आफूलाई थाहा भएको बताए।
‘मलाई थाहा छ म राजनीतिमा हुन्थिन भने मलाई यो दुख हुन्थेन। लुट मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने पछि हट्दैन,ु उनले भने, ‘मलाई लागेको थियो केही समय बाहिर बसौँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमा तरबार राख्यो भने यो डराएर एक जिल्लामा मुद्दा अघि नबढाइराखेको छ। तरबार खसाल म थाप्न तयार छु। म टुलुटुल हेरेर बस्ने मान्छे होइन।’









प्रतिक्रिया