२८ असार २०८३, आइतबार

पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाए : योगेश भट्टराई

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएका टिप्प्णी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वराजा शाहको सेवा सुविधा खोस्नुपर्ने बताएका हुन् ।

उनले भने भने, ‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो। उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो। त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो। अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन। सोच्नुपर्छ।’