३१ जेष्ठ २०८३, आइतबार

विश्वप्रकाशको प्रश्न- तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन् ?

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवाहरुलाई ह्दय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन नागरिक मर्दैगर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरुलाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईको ह्दयलाई दुख्दै गर्दा ह्दयनदुख्ने कस्तो राजा तपाईहरुले परिकल्पना गर्दै हुनुहुन्छ ?’।

त्यस्तै उनले गणतन्त्रको विकल्प खोज्ने भन्दापनि यसको प्रकृयामा सुधार गर्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरीपरी घुम्न थाल्यो, राजाल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ । बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला । तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने संभावना छ ?’ भन्दै प्रश्न गरे ।

उनले भने,‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन जोडेर गोरुगाडातर्फ फर्कने काम कसैले नसोचुन । युवाहरुलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ । आजको युवा जमेको पोखरी जस्तो तेतृत्व चाहन्छ कि बगेको नदी जस्तो ?प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको वरीपरी घुम्न थाल्यो । राजाल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ । प्रश्न असन्तुष्टि छ । तर प्रकृया के त ? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन् ।’