
काठमाडौं, १७ चैत । गत शुक्रबार काठमाडौंमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई थप पाँचदिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यस्तै पक्राउ परेका अन्य ३० जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।








प्रतिक्रिया