१४ कार्तिक २०८३, शनिबार

पार्टी सभापतिको जिम्मेवारीमा फर्किए रवि

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिइएको थियो । भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा लामिछाने सहभागी हुने रास्वापले जानकारी दिएको छ ।

‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’