१९ असार २०८३, शुक्रबार

एमाले हेडक्वार्टरको सुरक्षा व्यवस्था कडा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेकपा (एमाले) पार्टी मुख्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजावादी समूहको प्रदर्शनकारीहरुले आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।

यसअघि प्रदर्शनकारीहरुले एकीकृत समावादी पार्टीका कार्यालय तोडफोड साथै आगजनी गरिसकेका छन् भने अन्य व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा पनि तोडफोड भएको छ ।

आज पार्टी कार्यालयमा प्रेस चौतारीको नयाँ कार्यसमितिको सपथग्रहणको कार्यक्रम आयोजना गरिएको थियो ।

प्रधानमन्त्रीले शपथ ग्रहण गराउने कार्यक्रम रहेकामा कार्यक्रमा प्रधानमन्त्री जान नसक्ने भएपछि निवर्तमान अध्यक्ष गणेश बस्नेतले शपद ग्रहण गराउने तयारी भएको बताइएको छ ।