
काठमाडौं, १५ चैत । राजावादीहरूको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रहरीले गोलीसमेत चलाएको छ भने प्रदर्शनकारीले ढुंगामुढा साथै आगजनी गरिरहेका छन् । यसैबीच, प्रदर्शनको कमान्डर तोकिएका दुर्गा प्रसाईँले प्रहरीलाई नै पेलेर गाडी हुईँक्याएका छन् ।
उनले प्रहरीको निषेधित क्षेत्रमा आफैँले गाडी चलाउँदै प्रवेश गरेका हुन् । उनले गाडीले सुरक्षाकर्मीलाई नै पेलेका थिए भने सडकमा राखिएका ब्यारिकेड नै तोडेका हुन् ।
उनले प्रदर्शनकारीलाई उक्साउँदै संसद भवनतर्फ ल्याउन चाहान्थे तर प्रदर्शनकारीलाई भने प्रहरीले रोक्न सफल भयो ।
प्रसाईँले प्रदर्शनकारीलाई गाडी भित्रैबाट ‘अगाडि आओ, आओ’ भन्दै उक्साउँदै गाडी प्रहरी बसिरहेको संसदभवनतर्फ हुँइक्याइरहेको सार्वजनिक भिडिओमा देख्न सकिन्छ ।








प्रतिक्रिया