७ असार २०८३, आइतबार

तीनकुनेको घरमा लागेको आगो नियन्त्रणको प्रयास

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरुको प्रदर्शन विथोलिएको छ ।

राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि आमसभा हुन नसकेको हो । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी समेत गरिएको छ । आगजनी सुरु भएको ढिला गरी दमकलले आगो निभाउने प्रयास गरिहरेको छ तर अझै पनि आगो पूर्ण नियन्त्रणमा आइसकेको छैन । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् ।

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए ।