
काठमाडौं, १५ चैत । आज काठमाडौंको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ ।
मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ । मोर्चामा आबद्ध प्रमुख दलहरुमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने सम्भावना छ ।









प्रतिक्रिया