३१ जेष्ठ २०८३, आइतबार

बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १५ चैत । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर बजारमा आज बिहान बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले लोथरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारिएको हो ।

आज बिहान ३ः१५ बजे भएको दुर्घनामा राक्सिराङ गाउँपालिका–४ का म्याजिक चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भई उपचारको लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा रहेको र बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।