
काठमाडौं, १५ चैत । राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिनेगरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।
मोर्चामा संलग्न रहेका चार दल मध्ये नेकपा (माओवादी केन्द्र)ले चार ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एकएक ठाउँबाट प्रदर्शन गर्नेछन् ।
माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेबाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतीदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।
अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजनिक गरिएको छैन् ।









प्रतिक्रिया