२४ जेष्ठ २०८३, आइतबार

राष्ट्रिय युवा संघको महाधिवेशन जेठ ९ गतेदेखि पोखरामा हुने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन आउने जेठ महिनामा हुने भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले संघको महाधिवेशन जेठ ९, १० र ११ गते पोखरामा गर्ने निर्णय भएको हो ।

महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनेको छ । जसमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेका छन् ।

मूल व्यवस्थापन समिति ५ सय ५५ सदस्यीय हुने संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए । महाधिवेशनको लागि आवश्यकताका आधारमा अन्य उपसमितिहरू बनाइने छन् ।