१० असार २०८३, बुधबार

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा भेरी नगरपालिकालाई स्वास्थ्यचौकी हस्तान्तरण

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ चैत । नेकपा (एमाले) को प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले जाजरकोटको भेरी नगरपालिकामा स्वास्थ्यचौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय कमिटीको थापाथलीस्थित कार्यालयमा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कमिटीका अध्यक्ष सञ्जय थापाले स्वास्थ्यचौकी हस्तान्तरण गरेका हुन् ।

२०८० कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पले स्वास्थ्यचौकीलाई क्षति पुर्‍याएको थियो ।