१७ असार २०८३, बुधबार

दुई प्रहरी जवानलाई निलम्बन गर्न सीडिओको आदेश !

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १४ चैत। बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् ।

सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ (सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका हुन् ।

अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको उनको आरोप छ । घटनास्थलबाट फोन गर्दै प्रजिअ अधिकारीले निलम्बन गर्ने दिएको आदेशको भिडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ ।