
सल्यान, १४ चैत । जिल्ला प्रशासन कार्यालय सल्यानमा लडेर एकजनाको मृत्यु भएको छ ।
राष्ट्रिय परिचयपत्र लिन पुगेका बागचौर नगरपालिका वडा नम्बर ७ पैय्याचौरका ७० वर्षीय टीकाराम ओलीको सीडिओ कार्यालयमै लडेर मृत्यु भएको हो ।
आफ्नो काम सकाउन उभिएर कुरिरहेका उनी एक्कासी लडेका थिए । तत्कालै उनलाई अस्पताल लगिएकोमा मृत घोषित गरिएको थियो ।









प्रतिक्रिया