१९ असार २०८३, शुक्रबार

नेपाल–बंगलादेश व्यापार : आयात ३ अर्ब, निर्यात २७ करोड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ चैत । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार रुपैयाँ बराबरको सामग्री बंगलादेश निर्यात भएका छन् ।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।

यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रुपैयाँको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बंगलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।