२३ असार २०८३, मंगलबार

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने समाजवादी मोर्चाको निर्णय

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।

बुधबार बसेको मोर्चाको बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेश र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने बताए ।

उनले भने,‘आज सदनमा संघर्ष त चल्यो, सदन अवरुद्ध भएको छ । समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेशको र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने छ र राखिने छ भन्ने जानकारी दिनु भएको छ ।’

यसको साथै, उनले जनताको धेरै ठूलो त्याग र बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसको विरुद्धमा गरिएको षड्यन्त्रविरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्न लागेको बताए ।