९ असार २०८३, मंगलबार

यसअघिको आफ्नो रिटको फैसला गरिदिन माग गर्दै हितेन्द्रदेव शाक्यद्वारा पनि सर्वोच्चमा रिट दायर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत पुगेका छन् ।

उनले यसअघि आफूले दायर गरेको रिटको फैसला गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि शाक्यलाई प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी सरकारको निर्णयविरूद्व सर्वोच्च पुगेका थिए ।

तर सर्वोच्चले अहिलेसम्म उक्त रिटको फैसला गरेको छैन ।

आजै शाक्यको नियुक्तिपछि पदमुक्त भएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सर्वोच्च पुगेका छन् । वर्तमान सरकारले गैरकानूनी रूपमा आफूलाई हटाएको भन्दै पुर्नस्थापनाको माग गर्दै उनले अदालतमा रिट पेश गरेका हुन् ।