५ असार २०८३, शुक्रबार

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १३ चैत । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए ।

महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार रुपैयाँ र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख रुपैयाँ सङ्कलन गरेको छ ।