२१ जेष्ठ २०८३, बिहिबार

राष्ट्रिय सभा बैठक बस्दै, ४ जना मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । राष्ट्रिय सभा बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

आजको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्षा पेश गर्नेछन् भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी व्यवस्था आवश्यक्तासम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।