७ श्रावण २०८३, बिहिबार

कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर बिस्तार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल-डाइलेक्ट्रिक सेल्फ सपोर्टिङ्ग (एडीएसएस) All-dielectric self-supporting (ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।

देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको कम्पनीका प्रवक्ता हरि ढकालले बताएका छन्।

माइक्रोवेभ रेडियो लिंक मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर टु दि होम इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै एनटीटिभी (NtTV) ब्रान्डको टेलिभिजन सेवा समेत चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको जनाएको छ।

टेलिकमकाअनुसार, सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने ट्रान्समिसन रुट ९त्चबलकmष्ककष्यल चयगतभ० को बैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुनेछ।

यो एडीएसएस सेवा विस्तार ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोगमार्फत गरिएको उल्लेख छ। नेपाल टेलिकम देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिवद्ध रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।