४ श्रावण २०८३, सोमबार

राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

आज बसेको आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।