२७ जेष्ठ २०८३, बुधबार

विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्‍याउने सत्तारूढ दलहरूको निर्णय

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राससलाई जानकारी दिए ।

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए ।