४ असार २०८३, बिहिबार

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो ।

कुलमान घिसिङलाई बर्खास्त गर्दा प्रतिपक्ष दलका साथै सत्तारुढदलकै नेताहरुले चर्को विरोध गरेका थिए ।