
काठमाडौं, १२ चैत । काठमाडौंमा उर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला दहन गरेको हो ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला दहन गरेको हो । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ ।









प्रतिक्रिया