
काठमाडौं, ११ चैत । प्रमुख तीन पार्टीका शीर्ष नेताहरूबीच अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको हो ।
तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।
शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय टीआरसीका बारेमा छलफल भइरहेको बताइएको छ ।








प्रतिक्रिया